राजनीतिभन्दा माथि मानवीयता: एउटा स्टाटस जसले हजारौँको मन जित्यो
प्रधानमन्त्री बालेन्द्र शाहको एउटा स्टाटसले कसरी थपथली सुकुम्बासी बस्तीमा शान्तिपूर्ण परिवर्तन ल्यायो? दशकौँको समस्या समाधान र सुरक्षित बसोबासको नयाँ
राजनीतिभन्दा माथि मानवीयता: एउटा स्टाटस जसले हजारौँको मन जित्यो
काठमाडौँका नदी किनारहरूले वर्षौँदेखि दुईवटा कुरा मात्र देखे— बर्खामा उर्लिएको धमिलो बाढी र चुनावमा उर्लिएको आश्वासनको खेती। हरेक वर्ष बाढी आउँदा ज्यान जोगाउन लुगाफाटो छोडेर भागिरहेका ती सुकुम्बासी बस्तीका आँखाहरूले राज्यलाई सधैँ एउटा प्रश्न सोधिरहन्थे— "के हाम्रो अधिकार केवल असुरक्षित थातथलो र भोटको बाकससम्म मात्र सीमित हो?" हिजो बेलुका प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकको भित्तामा कोरेका केही हरफहरू केवल एउटा 'स्टाटस' मात्र थिएनन्, ती त दशकौँदेखि अन्योलमा रहेका हजारौँ परिवारका लागि एउटा भरोसाको पुल थिए। शक्तिको घमण्ड र डोजरको गर्जनभन्दा संवादको शालीनता कति शक्तिशाली हुन्छ भन्ने कुरा आज थपथलीको शान्त दृश्यले प्रमाणित गरिदिएको छ। प्रधानमन्त्रीले ठिकै भन्नुभयो— "हामी कुन दिन ठुलो दुर्घटना आउँछ भनेर कुर्दै बस्ने हो र?" कतिन्जेल आफ्नै नागरिकलाई बर्खाको भेलसँग जिस्कन छोडिदिने? कतिन्जेल ढल र दुर्गन्धको बीचमा उनीहरूको भविष्य निसासिन दिने? अधिकार भनेको त सुरक्षित छानो मुनि ढुक्कले निदाउन पाउनु पो हो। जब राज्यले 'अतिक्रमणकारी' र 'वास्तविक सुकुम्बासी…