बालेनलाई सुझाव पत्र: सुकुम्बासी व्यवस्थापनमा करुणा, तयारी र विकल्पको आवश्यकता, साथै हतारभन्दा दीर्घकालीन प्रणाली निर्माणमा जोड।
प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझावपत्र
सम्माननिय प्रधानमन्त्री, बालेन्द्र शाह ज्यू, भदौ २३ को साँझ राज्यको गोलीबाट १९ जना आमाले आफ्ना सन्तान गुमाए। त्यो दृश्यले तर्क, बहस, राजनीति र विश्लेषण सबैलाई ओझेल पार्दै सिधै आमाको मुटुमा चोट पुर्यायो। कसले लग्यो, किन लग्यो भन्ने बहसभन्दा पनि त्यो रातो चित्रले जनमानसमा गहिरो असर गर्यो, जसको प्रभाव चुनावसम्म देखियो। कहिलेकाहीँ यस्ता कारुणिक दृश्यहरू यति शक्तिशाली हुन्छन् कि तिनले सबै तर्कलाई निष्प्रभावी बनाइदिन्छन्। तपाईंको सरकारको सुरुआती गति, कार्यशैली र नीयतप्रति धेरैको विश्वास छ। छोटो समयमा मन्त्रिपरिषद् गठन, कार्ययोजना, संवाद र सक्रियता सकारात्मक छन्। तर केही निर्णयहरू हतारमा, पर्याप्त तयारीबिना र विधि-पद्धतिसँग असन्तुलित देखिएका संकेत पनि छन्। अदालतका टिप्पणी, मन्त्री परिवर्तन, विद्यालय व्यवस्थापनमा देखिएको अन्योल; यी सबैले अझै परिपक्वता र दूरदृष्टिको खाँचो देखाउँछन्। तपाईंसँग समय पनि छ र स्थिरता पनि। त्यसैले खुद्रा कामभन्दा दीर्घकालीन प्रणाली निर्माणमा ध्यान दिनु आवश्यक छ। यतिबेला विश्व र देश दुवै आर्थिक र सामाजिक संकटतिर उन्मुख छन्। महँगी, बेरोजगारी, खाद्य र ऊर्जा सुरक्षा, घट्दो…