पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू
आगामी आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरूका लागि पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने सम्बन्धी
अर्थ मन्त्रालयको परिपत्र: आगामी आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरूका लागि पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने सम्बन्धी निर्देशन। नेपाल सरकार अर्थ मन्त्रालय (वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा) सिंहदरवार, काठमाडौँ पत्र संख्या: २०८१/०८२ च. नं.: ८९६ मिति: २०८२/०३/२० विषय: योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने सम्बन्धमा। प्राप्तकर्ता निकायहरू (श्री मन्त्रालय, बैंक तथा सबै नियामक निकायहरू) श्री मन्त्रालयहरू सबै। श्री नेपाल राष्ट्र बैंक, बालुवाटार, काठमाडौँ। श्री नेपाल बीमा प्राधिकरण, कुपण्डोल, ललितपुर। श्री नेपाल धितोपत्र बोर्ड, खुमलटार, ललितपुर। श्री सार्वजनिक संस्थानहरू (४५ वटा, सबै)। श्री बोर्ड/समिति/ प्रतिष्ठानहरू, सबै। ने पाल सरकारद्वारा कर्मचारी, मजदुर तथा अन्य व्यक्तिहरूलाई सामाजिक सुरक्षा प्रदान गर्न "योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४" तथा सरकारी कर्मचारीका लागि "निवृत्तभरण कोष ऐन, २०७५" कार्यान्वयनमा ल्याइएको छ। यसै अनुरूप नेपाल सरकारले २०७६ सालदेखि सरकारी कर्मचारीका लागि योगदानमा आधारि…