पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

आगामी आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरूका लागि पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने सम्बन्धी

नेपाल सरकार

अर्थ मन्त्रालय

(वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा)

सिंहदरवार, काठमाडौँ

पत्र संख्या: २०८१/०८२
च. नं.: ८९६

मिति: २०८२/०३/२०

विषय: योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने सम्बन्धमा।
प्राप्तकर्ता निकायहरू (श्री मन्त्रालय, बैंक तथा सबै नियामक निकायहरू)
  • श्री मन्त्रालयहरू सबै।
  • श्री नेपाल राष्ट्र बैंक, बालुवाटार, काठमाडौँ।
  • श्री नेपाल बीमा प्राधिकरण, कुपण्डोल, ललितपुर।
  • श्री नेपाल धितोपत्र बोर्ड, खुमलटार, ललितपुर।
  • श्री सार्वजनिक संस्थानहरू (४५ वटा, सबै)।
  • श्री बोर्ड/समिति/ प्रतिष्ठानहरू, सबै।

नेपाल सरकारद्वारा कर्मचारी, मजदुर तथा अन्य व्यक्तिहरूलाई सामाजिक सुरक्षा प्रदान गर्न "योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४" तथा सरकारी कर्मचारीका लागि "निवृत्तभरण कोष ऐन, २०७५" कार्यान्वयनमा ल्याइएको छ। यसै अनुरूप नेपाल सरकारले २०७६ सालदेखि सरकारी कर्मचारीका लागि योगदानमा आधारित निवृत्तभरण प्रणाली लागू गरिसकेको भएता पनि हालसम्म पनि कतिपय नियामक निकाय, संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूमा पेन्सन तथा उपदान सुविधा प्रदान गर्ने प्रचलन कायम रहेको देखिएको छ।

नेपाल सरकारले अवलम्बन गरेको नीति अनुसार, सार्वजनिक प्रतिष्ठानहरूबाट कर्मचारीको अवकाशपछिको दीर्घकालीन दायित्व भुक्तानीका लागि आवश्यक व्यवस्था नगर्दा घाटामा रहेका तथा आफ्नै स्रोत नभई नेपाल सरकारकै स्रोतमा निर्भर रहनुपर्ने निकायहरूले राज्यकोषमा दीर्घकालीन दायित्व सिर्जना गरिरहेको देखिएको छ।

यस सन्दर्भमा, सम्बन्धित सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूले देहाय बमोजिम गर्न/गराउन हुन माननीय उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीस्तरको मिति २०८२/०३/२० को निर्णयानुसार अनुरोध छ।

तपसिल: कार्यान्वयन गर्नुपर्ने निर्देशनहरू

  1. नयाँ नियुक्तिमा नयाँ प्रणाली: आगामी आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरूलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने।
  2. मन्त्रालयको दायित्व: सबै मन्त्रालयले सम्बद्ध निकायमा आगामी आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरूलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउने।
  3. सरकारी दायित्वको सीमा: योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारी गराउने।
महत्वपूर्ण नोट: यो प्रणाली कार्यान्वयन नगर्ने निकायहरूमा भविष्यमा सिर्जना हुने कुनै पनि पेन्सन वा अवकाश सम्बन्धी वित्तीय दायित्वमा नेपाल सरकारले सहयोग नगर्ने कुरा स्पष्ट पारिएको छ।

................................

(लक्ष्मी प्रसाद उपाध्याय)
शाखा अधिकृत
२०८२/०३/२०

स्रोत: अर्थ मन्त्रालय, नेपाल सरकार।

Post a Comment

Thank you for the feedback.