छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन
छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन
शिक्षा मन्त्रालयले नियम बमोजिम १० प्रतिशत छात्रवृत्ति प्रदान नगर्ने र विवरण सार्वजनिक नगर्ने विद्यालयलाई कारबाही गर्न स्थानीय तहलाई निर्देशन दिएको छ। काठमाडौँ । ३० चैत शि क्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियम बमोजिम छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कानुन बमोजिम आवश्यक कारबाही गर्न सम्पूर्ण स्थानीय तहहरुलाई समन्वय एवं सहजिकरण गर्न अनुरोध गरेको छ। मन्त्रालयले आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा १० प्रतिशत छात्रवृत्ति प्रदान गरे नगरेको अनुगमन गर्न आग्रह गरेको हो। छात्रवृत्ति सम्बन्धी विद्यमान कानुनी व्यवस्था मन्त्रालयले विद्यालयहरूलाई छात्रवृत्ति वितरणमा जिम्मेवार बनाउन निम्न ऐन तथा नियमावलीको व्यवस्था स्मरण गराएको छ: अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५: निजी लगानी र सार्वजनिक शैक्षिक गुठीका विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिए बमोजिम विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्न स्थान आरक्षण गर्नुपर्ने। शिक्षा नियमावली, २०५९: संस्थागत विद्यालयले कुल विद्यार्थी संख्याको कम्तिमा दश प्रति…