डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्यमा भारी वृद्धि; पेट्रोलको मूल्य यथावत्

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्यमा भारी वृद्धि; पेट्रोलको मूल्य यथावत्
नेपाल आयल निगमद्वारा डिजेल र मट्टितेलमा प्रति लिटर ३० रुपैयाँ र हवाई इन्धनमा ५ रुपैयाँ मूल्य वृद्धि। पेट्रोलको मूल्य यथावत्। पाक्षिक ५ अर्ब ७५ करोड घाटाको प्रक्षेपण। BREAKING NEWS डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्यमा भारी वृद्धि; पेट्रोलको मूल्य यथावत् काठमाडौँ । २ वैशाख २०८३ ने पाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले निर्णय गरे अनुसार आज राति (वैशाख ३ गते बिहान ००:०१ बजे) देखि लागू हुने गरी डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) को मूल्य बढाइएको हो। उपभोक्ताको हितलाई ध्यानमा राख्दै पेट्रोलको बिक्री मूल्य भने हाललाई यथावत् राखिएको निगमले जनाएको छ। कुन पदार्थमा कति मूल्य बढ्यो? डिजेल र मट्टितेल: प्रति लिटर रु. ३०.०० ले वृद्धि। हवाई इन्धन (आन्तरिक): प्रति लिटर रु. ५.०० ले वृद्धि। पेट्रोल: साविककै मूल्य कायम (यथावत्)। नयाँ खुद्रा बिक्री मूल्य विवरण (प्रति लिटर) पेट्रोलियम पदार्थ पहिलो वर्ग (विराटनगर/वीरगन्ज) दोस्रो वर्ग (सुर्खेत/दाङ) तेस्रो वर्ग (काठमाडौँ/पोखरा) डिजेल/मट्टितेल रु. २३४.५० रु. २३६.०० रु. २३७.०० हवाई इन्धन (आन्तरिक) रु. २५६.०० रु. २५६.०० रु. …