संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा 'गुनासो व्यवस्थापन केन्द्र' सञ्चालन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवाग्राहीका समस्या समाधान गर्न 'गुनासो व्यवस्थापन केन्द्र' सक्रिय बनाएको छ।
काठमाडौँ । २०८२ चैत २३ सं ङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउने उद्देश्यले 'गुनासो व्यवस्थापन केन्द्र' लाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याएको छ। मन्त्रालयले एक आधिकारिक सूचना जारी गर्दै सेवाग्राहीका गुनासो सुन्ने र त्यसको उचित समाधान गर्ने संयन्त्रलाई व्यवस्थित गरिएको जानकारी दिएको हो। संयन्त्रको उद्देश्य र कार्यक्षेत्र मन्त्रालयद्वारा सम्पादन गरिने कार्यहरू, प्रदान गरिने सेवाको प्रकृति, सेवा प्रवाहको प्रक्रिया र त्यसबाट प्राप्त हुने नतिजाका सम्बन्धमा सेवाग्राहीका कुनै पनि गुनासो वा सुझाव भएमा त्यसलाई आधिकारिक रूपमा ग्रहण गर्न यो केन्द्र स्थापना गरिएको हो। मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने प्रशासनिक तथा विकास निर्माणका काममा देखिएका ढिलासुस्ती वा प्रक्रियागत झन्झटलाई न्यूनीकरण गर्नु यसको मुख्य लक्ष्य रहेको छ। गुनासो व्यवस्थापनको कार्यलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालयले उपसचिव श्री विवेक घिमिरे लाई 'गुनासो व्यवस्थापन केन्द्र प्रमुख' को जिम्मेवारी सुम्पिएको छ। उहाँको नेतृत्वमा शाखा अधिकृत र नायब सुब्…