Posts
Self-Harm (आत्म-हानि) किन हुन्छ? - वासु आचार्य, मनोविद
वासु आचार्य मनोविद परिचय तथा अवधारणा हा मीमध्ये धेरैले आत्म-हानि (self-harm) भन्ने शब्द सुन्दा तुरुन्तै “आत्महत्या गर्ने प्रयास” भनेर बुझ्ने गर्छौं, तर वास्तविकता त्यो भन्दा धेरै गहिरो छ। धेरैजसो अवस्थामा आत्म-हानि गर्ने व्यक्तिको उद्देश्य आत्महत्या होइन, याे त आफु भित्रको असहनीय पीडाबाट केही समयका लागि छुटकारा पाउनु हुन्छ। कहिलेकाहीँ यस्तो व्यक्ति बाहिरबाट सामान्य देखिन्छ, आफ्नो नियमित काम गर्छ, अरूसँग बोल्छ, हाँस्छ पनि तर भित्रभित्रै ऊ एउटा यस्तो भावनात्मक आँधीसँग लडिरहेको हुन्छ जसलाई उसले शब्दमा व्यक्त गर्न सक्दैन। त्यहीँबाट सुरु हुन्छ आत्म-हानिको व्यवहार। World Health Organization अनुसार आत्म-हानि बहुकारक समस्या हो। जसमा जैविक, मनोवैज्ञानिक, सामाजिक र सांस्कृतिक सबै पक्षहरू मिलेर काम गर्छन्। त्यसैले यो व्यवहारलाई केवल Attention Seeking (ध्यान खिच्ने प्रयास) भनेर बुझ्नु गलत हुन्छ। Self-Harm (आत्म-हानि) के हो? आत्म-हानि भन्नाले व्यक्तिले आफूलाई जानाजानी चोट पुर्याउने व्यवहारलाई जनाउँछ। जस्तै काट्ने, पोल्ने, हिर्काउने, विष सेवन गर्ने आदि। धेरै अवस्थामा यसलाई non-suicidal self-injury (NSS…