Posts
नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समसामयिक परिमार्जन गर्न सार्वजनिक राय तथा सुझाव आह्वान
नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समसामयिक परिमार्जन गर्न सार्वजनिक राय तथा सुझाव आह्वान। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुर ने पालमा गुणस्तरीय विद्यालय शिक्षालाई विशेष प्राथमिकता दिने सन्दर्भमा विद्यालय शिक्षाको "राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६" विकास गरिएको थियो। देशको परिवर्तित सन्दर्भ, भविष्योन्मुख सोच र पाठ्यक्रम विकास केन्द्रलाई खोज तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न यस प्रारूपलाई अझ परिष्कृत बनाउन लागिएको छ। महत्वपूर्ण निर्णय: राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को मिति २०८३।०१।११ को सिफारिस र शिक्षा मन्त्रालयको मिति २०८३।०१।२२ को मन्त्रीस्तरीय निर्णयानुसार यस प्रारूपलाई समसामयिक परिमार्जन र अद्यावधिक गर्ने कार्य अगाडि बढाइएको छ।
परिमार्जनका मुख्य आधारहरू राष्ट्रिय शिक्षा नीति, २०७६ सँगको सामञ्जस्यता नयाँ शिक्षा नीतिले निर्दिष्ट गरेका लक्ष्य र उद्देश्यहरूलाई विद्यालय पाठ्यक्रममा समावेश गर्न यो परिमार्जन आवश्यक देखिएको हो। विद्यालय शिक्षा क्षेत्र योजना २०७९-२०८८ दश वर्षे…