नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा 'प्रज्ञा पुरस्कार–२०८२' को घोषणा

नेपाल प्रज्ञा–प्रतिष्ठानले 'प्रज्ञा पुरस्कार–२०८२' को घोषणा गरेको छ। १२ विधामा जनही १ लाख र सातै प्रदेशका लागि नयाँ प्रादेशिक पुरस्कारको नामावली..
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा 'प्रज्ञा पुरस्कार–२०८२' को घोषणा
काठमाडौँ । १० वैशाख २०८३ ने पाल प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिक शास्त्रका विभिन्न विधामा विशिष्ट योगदान पुर्‍याउने स्रष्टाहरूका लागि 'प्रज्ञा पुरस्कार–२०८२' को घोषणा गरेको छ। प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी द्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार यस वर्षदेखि प्रादेशिक स्रष्टाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलोपटक 'प्रज्ञा प्रादेशिक पुरस्कार' समेत प्रारम्भ गरिएको छ। प्रज्ञा पुरस्कार–२०८२ (विधागत विवरण) प्रतिष्ठानले जनही रु. १,००,०००।– (एक लाख) राशि र सम्मानपत्रसहित विभिन्न १२ विधामा निम्न स्रष्टाहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको छ: पुरस्कारको नाम पुरस्कृत स्रष्टा प्रज्ञा समालोचना पुरस्कार प्रा.डा. अभि सुवेदी प्रज्ञा भाषा पुरस्कार प्रा. मुकुन्दशरण उपाध्याय प्रज्ञा सामाजिक शास्त्र पुरस्कार डा. डम्बर चेम्जोङ प्रज्ञा पद्य साहित्य पुरस्कार शैलेन्द्र साकार प्रज्ञा संस्कृति पुरस्कार प्रा.डा. सोमप्रसाद खतिवडा प्रज्ञा बालसाहित्य पुरस्कार सुशीला प्रधानाङ्ग प्रज्ञा गद्य साहित्य पुरस्कार आहुति प्रज्ञा दर्शन पुरस्कार ईश्वरचन्द्र ज्ञवाली प्रज्ञा अनुवाद पुरस्कार डा…