नेपाल तथा अन्तर्राष्ट्रिय समसामयिकी विशेष सन्दर्भ सामग्री [वि.सं. २०८१–२०८२ / सन् २०२४–२०२६]
नेपाल तथा अन्तर्राष्ट्रिय समसामयिकी विशेष सन्दर्भ सामग्री (वि.सं. २०८१–२०८२ / सन् २०२४–२०२६)। नोबेल पुरस्कार, मदन पुरस्कार, एनपिएल, जेन-जी आन्दोलन र अन्य महत्वपूर्ण घटनाक्रमहरूको पूर्ण विवरण। नेपाल तथा अन्तर्राष्ट्रिय समसामयिकी विशेष सन्दर्भ सामग्री (वि.सं. २०८१–२०८२ / सन् २०२४–२०२६) १. नोबेल पुरस्कार २०२५ नो बेल पुरस्कार डाइनामाइटका आविष्कारक अल्फ्रेड बर्नार्ड नोबेलको स्मृतिमा स्थापना गरिएको हो। सन् १९०१ देखि यो पुरस्कार दिन थालिएको हो। विधा: भौतिक, रसायन, चिकित्सा, साहित्य र शान्ति विधामा प्रदान गरिएको। सन् १९६९ देखि अर्थशास्त्रमा गरी हाल ६ विधामा यो पुरस्कार प्रदान गरिने। हरेक वर्ष डिसेम्बर १० अर्थात् मानव अधिकार दिवसका दिन वितरण गरिने यस पुरस्कारको राशि १५ लाख अमेरिकी डलर रहेको छ। विधा पाउने व्यक्ति के का लागि शान्ति मारिया कोरिना मचाडो (भेनेजुएला) प्रजातन्त्रको पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत साहित्य लास्लो क्रास्नाहोर्कई (हंगेरी) प्रलयकारी भयबीच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट कलाको शक्ति पुनः पुष्टि गरेकोले चिकित्साशास्त्र १. मेरी बन्को (अमेरिका) २. फ्रेड रामसडेल (अमेरिका) ३. शिमो…